कोरोना नियन्त्रणको लागि यस्तो छ स्वास्थ्य मन्त्रालयको तयारी ?

पछिल्लो एक वर्षमा विभिन्न अस्पतालमा आइसियु, भेन्टिलेटर, एचडियु, अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य उपकरण तथा पूर्वाधार थप भएको छ।

पछिल्लो १३ महिनामा ५७७ भेन्टिलेटर र ४०० इन्टेन्सिभ केयर युनिट (आईसीयू) बेड थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या ९०४ पुगेको छ भने आईसीयू बेडको संख्या ३ हजार पुगेको छ ।

त्यस्तै, १८० वटा भेन्टिलेटर र ६३० बेड आईसीयू थप्ने प्रक्रिया सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड संख्या सरकारी अस्पतालहरुमा २ हजार ७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा ल्याइएको र १ हजार ४०० एचडीयू बेड थप गर्ने प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभर ३२ वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन । मन्त्रालयले १९ वटा थप गर्ने गरी तयारी थालेको छ । लिक्विड अक्सिजन ट्यांक ३ वटा रहेकोमा २७ वटा थप गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

कोभिड–१९ का बिरामीहरुको उपचारका लागि देशभरका सरकारी तथा निजी गरी १५७ अस्पताल सूचीकृत गरी सञ्चालनमा छन्।

जसमध्ये निजी क्षेत्रका ४५ अस्पतालहरुसँग सम्झौता गरी कोभिड–१९ का बिरामीहरुको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

मन्त्रालयले कोरोना महामारीका लागि अहिलेसम्म्म ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च गरिसकेको छ ।

खोप कार्यक्रम र एचडियुका लागि २२ अर्ब ५४ करोड ५८ लाख भुक्तानी हुन बाँकी रहेको छ ।

कोभिड–१९ को दु्रत कार्ययोजनाका आधारमा खोप लगायत निदान, उपचार व्यवस्थापनका लागि १४ अर्ब श्रोत सुनिश्चित गरिसकेको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय