दुर्गा प्रसाईंको चेतावनी– भ्रामक प्रचार सह्य हुँदैन

हेल्थपोस्ट नेपाल

 

बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाई मुछेर गरिएको अनर्गल प्रचारप्रति ध्यानाकर्षण भएको जनाएका छन।

उनले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन।

उनले आफ्नो मेडिकल कलेजको विरोध गर्नेहरु विदेशीद्वारा पालित पोषित भएको पनि बताएका छन।

डा.गोविन्द केसीले सोमबार विज्ञप्ति निकाल्दै प्रसाईंलाई प्रधानमन्त्रीले नै संरिक्षत गरेको र प्रधानमन्त्रीकै आडमा प्रसाईंले आफ्नो अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई भौतिक आक्रमणको धम्की दिएको भन्दै विरोध जनाएका थिए।

डा. केसीको सोही विज्ञप्तिमा उल्लेख भएका भनाइप्रति प्रसाईंले विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन्।

उनले प्रधानमन्त्रीसँग जोडेर बिएन्डसीबारे अनर्गल, भ्रामक, कपोलकल्पित र असत्य आरोप लगाइएको दाबी गरेका छन्।

‘कोभिड–१९ को माहामारीले नेपाल र नेपालीलाई आक्रान्त पारेको यस विकराल अवस्थामा नेपाली जनताको जीवन रक्षामा दिन रात नभनी स्वास्थ्य उपचारमा समर्पित यस संस्था र मुलुकका सम्माननीय प्रधानमन्त्रीज्यू उपर निजद्धारा विदेशी भुमीमा बसेर लगाइएका यस किसिमका भ्रामक, तथ्यहिन , झुठा, र निकृष्ठ गालि गलौज तथा आरोप आक्षेपको हामी घोर निन्दा र भत्सर्ना गर्दछौं’ प्रसाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

‘डा गोविन्द केसी र निजका कथित सोलिडारीटीका संम्योजक कथित डा जिवन क्षेत्रीको धम्की पत्रको हामी पुनः घोर निन्दा र भत्र्सना गर्दै आगामी दिनमा नेपाल र नेपालीका विरुद्धमा यस किसिमको धम्की दिने र ललकार्ने कार्य वन्द गर्न चेतावनी दिन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ।

प्रेस विज्ञप्ती

यस वि.एण्ड सी.मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.का सम्वन्धमा डा. गोविन्द के.सि. द्धारा आज मिति २०७८।२।१० मा प्रकाशित कथित  विज्ञप्ती तथा निजका नाममा पर्दा पछाडि रहेर निजको माफियागिरीलाई प्रत्यक्ष परोक्ष पृष्ठपोषण गर्ने , विदेशीद्धारा पालित पोषित जीवन क्षेत्री नामक व्यक्ति समेतले यस कलेज तथा मुलुकका सम्माननीय प्रधानमन्त्रीज्यू समेतलाई यस वि.एण्ड सी.मेडिकल कलेज टिचिङ्ग हस्पिटलसँग अनावश्यक रुपमा जोडेर लगाएका भ्रामक , कपोलकल्पित, असत्य र झुठा  अर्नगल आरोप तथा आक्षेपप्रति यस कलेजको गम्भिर ध्यानाकर्षण भएको छ ।

सर्वप्रथम, कोभिड १९ को माहामारीले नेपाल र नेपालीलाई आक्रान्त पारेको यस विकराल अवस्थामा नेपाली जनताको जीवन रक्षामा दिन रात नभनी स्वास्थ्य उपचारमा समर्पित यस संस्था र मुलुकका सम्माननीय प्रधानमन्त्रीज्यूउपर निजद्धारा विदेशी भुमीमा बसेर लगाईएका यस किसिमका  भ्रामक, तथ्यहिन , झुठा, र निकृष्ठ गालि गलौज तथा आरोप आक्षेपको हामी घोर निन्दा र भत्सर्ना गर्दछौं ।

यस संस्थाले साविकमा कायम रहेको निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज÷क्याम्पस) सम्वन्धमा बनेको आधारभुत नीति ,२०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरि कलेजको सम्वन्धनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ जारि हुनु अगावै २०७३ ।११।१५ गते श्री काठमाण्डौ विश्वविद्यालय समक्ष दिएको निवेदनका आधारमा काठमाण्डौं विश्वविद्यालयको सभाको ८९ औं बैठकले यस संस्थालाई एमविविएस कार्यक्रम संचालनका लागि सम्वन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेबमोजिम काठमाण्डौं विश्वविद्यालयका विज्ञहरु सम्मिलित टोलीले मिति २०७८ बैशाख २२ देखि २६ गते सम्म कलेजको प्रारम्भिक निरिक्षण गरि पेश गरेको प्रतिवेदन समेतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा १३(६) बमोजिम सम्वन्धनको लागि सहमति दिने र सिट संख्या सहित  स्विकृतिका लागि निर्णय गर्नका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा १३(६) बमोजिम यस वि.एण्ड सी.मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.लाई सम्वन्धन प्रदान गर्न  चिकित्सा शिक्षा आयोगमा नियमानूसार कामकारवाही अगाडि बढाएको विषयलाई अतिरन्जित गरि विदेशमा वसि विदेशी  दलाल र विदेशमा एमविविएस एम डि पढ्न पठाउने मानव तस्कर तथा माफियाको योजना बमोजिम नेपाली पुँजी र नेपाली विद्यार्थीहरुलाई विदेश लैजाने र विदेशमै अलपत्र पार्ने त्यससको ज्वलन्त उदाहरण चाईना बाट आएर अलपत्र परेका एम वि वि एस पढ्दै गरेका १५२ जना विद्यार्थी आज मेडिकल काउन्सीलको अगाडि ईन्टनसिप गर्न पाउँ भनि हारगुहार गर्दै रोई रोई हिंडेको  देख्न सकिन्छ । सुनियोजित योजना अनुसार निजले यस किसिमको धम्कीपत्र सार्वजनिक गरेकोले निजको धम्कीपत्रबाट कुनै पनि राष्ट्रप्रेमी नेपाली भ्रममा नपर्नहुन हार्दिक अनुरोध गर्दछौं ।

अन्त्यमा , कोभिड १९ का कारण अहिले  हजारौंको संख्यामा नेपाली नागरिकहरु दैनिकरुपमा संक्रमित भईरहेका, कतिपय नागरिकहरुको उपचार नपाएर फुटपाथ र गल्लिमै मृत्यु भईरहेको देख्न सकिन्छ । नेपालमै पर्याप्त संख्यामा चिकत्सिक नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु र सुविधा सम्पन्न स्वास्थ्य संस्था  तथा आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव भईरहेको अत्यन्त कठिन अवस्थाको सामाना गर्दै सरकारले आफ्ना नागरिकको जीवन रक्षा गर्न संचालित अभियानमा  हामी  देशमा नै बसेर  आफ्ना नेपाली दाजुभाई दिदी बहिनीहरुको सेवामा अहोरात्र खटिरहेका छौं । यस अवस्थामा विदेशमा बसेर विदेशी दलाल र माफियाको पक्षपोषण गर्ने तथा मानव तस्करको उदेश्य साकार पारिदिने वद्नियतले सम्माननीय प्रधानमन्त्रीज्यू , विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरु  तथा यस संस्था समेतलाई अनावश्यक रुपमा  धम्की दिई अत्यन्त भ्रामक , असत्य, कपोकल्पित, झुठा तथा निन्दनिय आरोप आक्षेप लगाई जारि गरिएको निज डा. गोविन्द के.सि.र निजका कथित सोलिडारीटीका संम्योजक कथित डा. जिवन क्षेत्रीको धम्कीपत्रको हामी पुनः घोर निन्दा र भत्र्सना गर्दै  आगामी दिनमा नेपाल र नेपालीका विरुद्धमा यस किसिमको  धम्की दिने र ललकार्ने कार्य वन्द गर्न चेतावनी दिन चाहन्छौ । साथै नेपालको लोकतान्त्रिक आन्दोलनका धरोहर तथा “सम्वृद्ध नेपाल सुखी नेपाली” को लक्ष्य साकार पार्ने दुरदृष्टिका साथ नेपाल र नेपालीहरुका लागि अहोरात्र कार्य गरिरहनुभएका विकासप्रेमी हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यू माथि यस किसिमको भ्रामक र संघिन आरोप र आक्षेप हामी राष्ट्रप्रेमी नेपालीलाई असैह्य हुने कुरा समेत जानकारी गराउन चाहान्छौं ।

दुर्गा प्रसाद प्रसाई
कार्यकारी निर्देशक
वि.एण्ड सी. टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर
पूर्वाञ्चल क्यान्सर हस्पिटल
मितिः २०७८।२।१०



Leave a Reply

Your email address will not be published. Required fields are marked *