
प्युठान नगरपालिका–१ रातोमाटे सामुदायिक जंगलको एउटै रुखमा झुन्डिएको अवस्थामा उनीहरुको शव फेला परेको हो।
प्युठान नगरपालिका–२ घर भएकी अन्दाजी २६ वर्षीया गायत्री सुनार, उनकी ६ वर्षीया छोरी प्रकृति सुनार र एक वर्षका छोरा सुशान्त सुनार झुन्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्सपेक्टर देवीप्रसाद गैरेले आयोमेललाई जानकारी दिए।
गायत्री घरबाट दिउँसो १ बजे माइती जान्छु भनेर हिँडेकी गैरेले जानकारी दिए।
उनका श्रीमान रोजगारीको सिलसिलामा भारत रहेका छन्।
मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
आत्महत्या किन गरेको अझै खुल्न नसकेको उनले जानकारी दिए।