कोरोना संक्रमणबाट बरिष्ठ सर्जन डा. केपी सिंहको निधन

हेल्थपोस्ट नेपाल

बरिष्ठ जर्नरल सर्जन डा. केपी सिंहको कोरोना संक्रमणपछि उत्पन्न हुने जटिलताबाट निधन भएको छ।

नेपाल चिकित्सक संघ जनकपुर शाखाका अध्यक्ष डा. राम नरेश पण्डितले निधन भएको पुष्टि गरे।

डा. सिंहलाई कलेजको संक्रमण भएको थियो।

७३ बर्षिय डा. सिंहको उपचारको क्रममा जनकपुरको काव्या हस्पिटलमा मृत्यु भएको हो।

कोरोना संक्रमित भएपछि डा. सिंह एक महिनादेखि घरमा आराम गरिरहेका थिए।

‘अस्ती उहाँको अचानक मुखबाट रगत आयो। जनकपुरको काव्या हस्पिटलमा पुर्याउँदा ५ मिनेटमा नै निधन भयो,’ डा. पण्डितले भने।

डा. सिंह जनकपुर प्रादेशिक अस्पतालबाट १० बर्ष अघि रिटायर भएका थिए।

उनी जनकपुरको एक प्राइभेट क्लिनकमा कार्यरत थिए।

डा. सिंहको निधन प्रति नेपाल चिकित्सक संघले शोक प्रकट गर्दै दीवंगत आत्माको चीरशान्तीको कामना गरेको छ।

 



One thought on “कोरोना संक्रमणबाट बरिष्ठ सर्जन डा. केपी सिंहको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *