भारतमा घट्दो कोरोना संक्रमण : डेढ महिनापछि २ लाख तल

हेल्थपोस्ट नेपाल

कारोना संक्रमणको उच्च बिन्दुमा रहेको भारतमा अब बिस्तारै संक्रमण दर घट्न थालेको छ। गत २४ घण्टाको तथ्याङ्कलाई हेर्ने हो भने थप १ लाख ९६ हजार ४२७ नयाँ संक्रमित थपिएका छन्।

यो संख्या १४ अप्रिलपछिको कम हो। त्यसभन्दा पछि पहिलो पटक २ लाखभन्दा कम संक्रमित थपिएका हुन्। गत २४ घण्टामा २० लाख ५८ हजार ११२ नमुना परीक्षण गर्दा १ लाख ९६ हजार ४२७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा ३ हजार ५११ संक्रमितले ज्यान गुमाएका छन्।

यससँग भारतमा कुल संक्रमितको संख्या २ करोड ६९ लाख ४८ हजार ८७४ पुगेको छ।

सक्रिय संक्रमितको संख्या २५ लाख ८६ हजार ७८२ रहेको छ भने ज्यान गुमाउनेको संख्या ३ लाख ७ हजार २३१ जनाले ज्यान गुमाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *