स्वास्थ्यकर्मीले तीनदिन भन्दा बढी बिदामा बस्ने नपाउने

कोरोना महामारी अवधिभर स्वास्थ्यकर्मीले तीनदिन भन्दा बढी बिदामा बस्न नपाउने भएका छन्।

सरकारले हालै ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा उक्त व्यवस्था गरिएको छ।

‘कोरोना अवधिभर चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले बिदा, प्रसुती बिदा, प्रसुती स्याहार बिदा, करिया बिदा र परिवारको सदस्य बिरामी परी निज आफैंले स्याहार सुसार गर्नुपर्ने अवस्थामा बाहेक आवश्यक पर्ने बिदा बाहेक अन्य बिदा सामान्यता तीन दिनभन्दा बढीको बिदा स्वीकृत गरिने छैन’ अध्यादेशमा लेखिएको छ।

त्यस्तै, अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार कोभिड–१९ रोकथाम नियन्त्रण निदान र उपचारमा खटाउने निर्णय पनि गरेको छ।

यसरी खटेका स्वास्थ्यकर्मीले अहिले गरेको कामको समय अवधि अनिवार्य सेवा अवधिमा गणना हुने अध्यादेशमा लेखिएको छ।

‘अध्ययन बिदामा रहेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई समेत कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको काममा लगाउन सकिनेछ। निजले त्यसरी गरेको सेवा अवधि निजले अध्ययन पश्चात गर्नुपर्ने अनिवार्य सेवाको अवधिमा गणना गरिनेछ,अध्यादेशमा लेखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय