स्वास्थ्य मन्त्रालयले माग्यो ठुलो संख्यामा कर्मचारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितका उपचार गर्नका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना संक्रमितको उपचार गर्न कोभिड डेडिकेटेड अस्पतालहरुलाई स्वास्थ्यकर्मीले आवेदन दिन आग्रह गरेको छ।
जेठ ७ गते बसेको आइसिएस कमाण्ड सिस्टमको बैठकले डेडिकेटेड अस्पतालहरुका लागि स्वास्थ्यकर्मीहरु आवश्यक परेकाले निश्चित समयका लागि स्वास्थ्यकर्मी माग गरेको हो ।
स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले एमडी इन्टरनल मेडिसिन, क्रिटिकल केयर स्पेसलिष्ट, एनेसथेसियोलोजिष्ट, मेडिकल अफिसर र स्टाफ नर्सलाई स्वास्थ्यकर्मी पुलमा समावेश हुन आग्रह गरेको छ।
Covid vaccine ko jasto format chaina?