डा. जागेश्वर गौतम भन्छन् –वीरको मुहारै फेर्ने योजना छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमको जिम्मेवारी फेरिएको छ।

अब उनले युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीका रुपमा जिम्मेवारी सम्हाल्नेछन्।

वीरको जिम्मेवारी पाएसँगै डा. गौतमले हेल्थपोस्ट सँग अस्पतालको सेवामा थप सुधार गर्ने बताए।

उनले देशको पुरानो तथा ठुलो अस्पतालले अब बिरामीको उपचारमा अग्रणी भूमिका निवार्ह गर्ने दाबी गरे।

‘वीरले कोरोना महामारीमा जे–जति काम गरेको छ, त्यो उल्लेखिनीय नै छ। तर, त्यसलाई सबै अस्पतालसँग सम्वन्य गर्दै अग्रणी भूमिका निवार्ह गर्नेछु,’ उनले भने।

वीरको सर्जरी भवनलाई कोभिड बिरामीको रूपमा प्रयोग गर्ने सरकारले निर्णय गरेको छ।

उनले अस्पताल सञ्चालन गर्न चाहिने जनशक्ति परिचालन, उपकरण (आइसियू, भेन्टिलेटर) र व्यवस्थापन पाट्टो लागि उचित तरिकाले प्रयोग गर्ने बताए।

‘नपुग्ने जनशक्ति थप्छु। त्यसका साथ—साथै आइसियु, भेन्टिलेटर तथा अक्सिजन थप गर्नेछु,’ डा. गौतमले भने, ‘सबै कुरालाई सहज बनाउन व्यवस्थापनको खाँचो पर्दछ। अस्पतालमा भएका दक्ष मानिसको सहयोग लिएर काम गर्नेछु।’

जनताले सहज तरिकाले सेवा पाउने गरी काम गरेको अनुभव आफूसँग भएको बताउँदै उनले भने ‘मन्त्रालयमा काम गरेको अनुभव छ। मलाई आशा छ, वीरलाई फरक देखाउने छु,’ उनले भने।

उनले एक बर्ष अगाडी मन्त्रालयमा आउँदा विभिन्न तवरबाट विरोध भएको तर, आफूले काम गरेर देखाएको बताए।

‘डा. गौतम प्रष्ट बोल्छ। धेरै मिठो सुनिँदैन। तर, जे हो सत्य बोल्छ भन्ने सन्देश दिन सकेँ। त्यो मेरो लागि राम्रै हो। अहिलेसम्म सिकेका मेरो अनुभव वीरमा लगाउँछु,’ उनले भने।

One thought on “डा. जागेश्वर गौतम भन्छन् –वीरको मुहारै फेर्ने योजना छ

  1. Congratulations Sir! WE ARE EAGARLY WAITING FOR SUCH WORK. WE HOPE SO. WE ARE ALWAYS HERE EVERY SUPPORT FROM OUR SIDE

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय