डा. जागेश्वर गौतमको जिम्मेवारी फेरियाे, अब वीर अस्पताल प्रमुख
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता प्रध्यापक डा. जागेश्वर गौतमको जिम्मेवारी फेरिएको छ।
अब उनले युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीका रुपमा जिम्मेवारी सम्हाल्नेछन्।
सोमबार मन्त्रीस्तरीय निर्णयबाट डा. गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको हो। मन्त्रीस्तरीय बैठकले आफूलाई जिम्मेवारी दिएको डा. गौतमले बताए।
‘पत्र भने मैले पाएको छैन,’ डा. गौतमले भने,‘मलाई जानुपर्छ भनी मन्त्रीज्यूबाट निर्देशन प्राप्त भएको छ।’
डा. गौतमले वीरलाई सुधार गरेर देखाउने बताए।
डा. गौतम र इन्सिडेन्ट कमाण्ड सिष्टमका प्रमुख डा. गुणराज लोहनी केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका मुख्य दाबेदारका मानिएका थिए ।
डा. गौतम स्वास्थ्य मन्त्रालयको ११ औं तहका बरिष्ठ अधिकारीका साथै वरिष्ठ चिकित्सक हुन्।
उनले वीरको कार्यभार पाएसँगै मन्त्रालयको प्रवक्ताको जिम्मेवारीबाट हटेका छन्।