थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा थप ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको छ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा संक्रमण भेटिएको हो।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १८५ जना संक्रमितको मृत्यु भएको छ।
देशभर ९२४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज देशभर ७ हजार १३५ जना कोरोना संक्रमित निको भएका छन्।
हालसम्म ३ लाख ९८ हजार ४८३ जना संक्रमित भई निको भइसकेका छन्।