दोस्रो डोज खोप लगाउने अवधि फेरि बढाइयो, ४ महिनापछि दिने मन्त्रालयको तयारी

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो डोज खोप लगाएका ६५ वर्षभन्दा माथिका उमेरसमुहलाई कोभिड खोपको दोस्रो मात्रा १२ देखि १६ हप्ताभित्र दिने जनाएको छ।

९ लाखको हाराहारी ६५ वर्ष माथिका नागरिकलाई फागुनको अन्तिम साता ‘कोभिसिल्ड’ दिइएको थियो।

सरकारले खोप ल्याउन नसकेको पछि पुन कोरोना खोप दिने अवधि बढाएको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोसन पोखरेलले पहिलो डोज लगाएका लागि १२ देखि १६ हप्ता भित्र दोस्रो मात्रा दिने गरी तयारी भएको बताए।

उनले खोप खरिदका विषमा मन्त्रालयले आवश्यक पहल गरिरहेको पनि बताए।

यसअघि मन्त्रालयले पहिलो डोज खोप लगाएकालाई ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउने निर्णय गरेको थियो।

नेपालले खरिद गरेको १० लाख डोज खोप भारतबाट आउन नसकेको अवस्थामा खोप लगाउने अवधि पनि बढाइएको हो।

बाँकी भएको ९० हजार खोप मन्त्रालयले स्वास्थ्यकर्मीलाई लगाउने जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *