स्वास्थ्य संकटकाल घोषणा गरौं : मन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा गनुपर्ने बताएका छन्।

मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड–१९ को रोकथाममा लागि विज्ञले दिएको सुझावलाई सकारात्मक साथ लिएको बताए।

‘विज्ञहरू दिनुभएको सुझावलाई सकारात्मक साथ लिएको छौं,’ मन्त्री त्रिपाठीले भने,’ संक्रमण अझै नै भयावह  छ।’

तर, कोरोना १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र स्वास्थ्य मन्त्रालयको टकरावको बीच संकटकालको निर्णय हुन सकेको छैन।

मन्त्री त्रिपाठीले कोरोना संक्रमणदर अझै चार हप्ता नघट्ने बताए।

दोस्रो लहरको कोरोना नियन्त्रण गर्नका लागि आइसियू बेड, भेन्टिलेटर तथा स्वास्थ्य सामग्री थप गरिएको जानकारी दिए।

त्यसैगरी, मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोसन पोखरेले पहिलो डोज खोप लगाएका दोस्रो डोज केही पर जाने बताए।

‘कोरोनाको खोप ल्याउनका लागि सरकारले काम गरिरहेको छ। हाल पहिलो डोज लगाएका मानिसलाई दोस्रो डोज ४ महिनापछि दिने योजना बनाएका छौं,’ डा. पोखरेलले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय