नेपाल रेडक्रसले दियो अक्सिजन कन्सन्ट्रेटर

हेल्थपोस्ट नेपाल

कोरोना महामारीमा स्वास्थ्य सामग्री अभाव भइरहका बेला नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० थान अक्सिजन कन्सन्ट्रेटरसहित पिपिई हस्तान्तरण गरेको छ।

महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहजीकरणमा स्वास्थ्य मन्त्रालयलाई कोभिड–१९ प्रतिकार्यका लागि हस्तान्तरण गरिएका स्वास्थ्य सामग्री सोसाइटी अफ चाइनाले सहयोगस्वरूप प्रदान गरेको थियो।

रेडक्रस सोसाइटी र नेपालस्थित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको पहलमा प्राप्त सामग्री सोसाइटीका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले महिलामन्त्री जुलीकुमारी महतोमार्फत स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन्।

‘नेपाल रेडक्रस नेपाल सरकारको सहयोगी निकाय हो। यसले कठिन घडिमा गर्दै आएको सेवा निकै महत्वपूर्ण छ,’ नेपाल रेडक्रसबाट प्राप्त स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री त्रिपाठीले भने, ‘यी सामग्री संक्रमितको उपचारमा प्रयोग गरिनेछन्।’

सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले विपद प्रतिकार्यमा विभिन्न रणनैतिक योजनासहित गोदामहरूको स्थापना गरी राहत सामग्री वितरण गर्दै आएको र विपद पूर्वतयारी र पुनर्लाभको क्षेत्रमा पनि प्रभावकारी सेवा पुर्‍याउँदै आएको बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *