पूर्वसांसद बस्नेतको कोरोना संक्रमणबाट निधन
भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणबाट निधन भएको छ।
७४ वर्षीय बस्नेतको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान साढे ३ बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।
बस्नेत भोजपुर क्षेत्र नम्बर-१ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।
उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापकसमेत रहेका थिए।
पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहेका थिए। बस्नेतका श्रीमती र दुई छोरा छन्।