इमाडोलबाट १० ट्रक ‘७५ प्लस’ नामको नक्कली स्यानिटाइजर बरामद

हेल्थपोस्ट नेपाल

मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर उत्पादन गरेको आशंकामा प्रहरीले ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर कम्पनीमा छापा मारेको छ।

‘आरसिपी इन्डष्ट्रिज पर्सा’को ब्यानरमा ‘७५ प्लस’ नामको सेनिटाइजर उत्पादन गर्ने कारखानामा छापा मारिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

करिब १० ट्रक नक्कली स्यानिटाइजर बरामद गरिएको अपराध अनुसन्धान महाशाखाका एसपी कृष्ण पँगेनीले बताए।

‘७५ प्लस’ नामको सो सेनिटाइजर मानव शरीरका लागि अत्यन्त हानिकारक ‘मिथानोल’ नामक रसायन मिसाएको पाइएको छ।

स्यानिटाइजर कारखाना सञ्चालक सुनसरीका २६ वर्षीय आशिश प्याकुरेल पक्राउ पक्राउ छन्।

उनले साढे दुई महिनादेखि कारखाना चलाइरहेको प्रहरीले जनाएको छ ।



One thought on “इमाडोलबाट १० ट्रक ‘७५ प्लस’ नामको नक्कली स्यानिटाइजर बरामद

  1. यो सेनिटाईजर बजारमा सर्वत्र उपलब्ध छ, बजारमा आउनु अघि यसको गुणस्तर जाँच कन गरिएन, ढिलै भएपनि कारवाहि भयो,

Leave a Reply to Dipesh shrestha Cancel reply

Your email address will not be published.