कोरोना संक्रमणबाट दोस्रो लहरमा मात्रै ४२० चिकित्सकको मृत्यु

फाइल फोटो

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहरमा संक्रमणबाट निधन हुनेको संख्या बढिरहेको छ।

केही समययता कोरोना भाइरसबाट दैनिक संक्रमित हुनेको संख्या घट्न थालेको छ ।

भारतमा एक हप्ताअघि ३ लाखभन्दा बढी दैनिक संक्रमित थपिएका थिए तर बितेको ६ दिनमा भने दैनिक संक्रमितको संख्या घटेर ३ लाखमुनि पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो आंकडासँगै हालसम्म २ लाख ९५ हजार ५२५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। दोस्रो लहर सुरु भएपछि भारतमा सर्वसाधारणसहित चिकित्सकले समेत ज्यान गुमाउन पुगेका छन् ।

इन्डियन मेडिकल एसोशिएसनले सार्वजनिक गरेको तथ्याङ्कले दोस्रो लहरमा मात्रै ४२० जना चिकित्सकले ज्यान छन्।

कोभिड संक्रमणबाट दिल्लीमा मात्रै १०० जना चिकित्सकले ज्यान गुमाएको एसोशिएसनले जनाएको छ ।

त्यस्तै बिहारमा ९६, उत्तर प्रदेशमा ४१, गुजरामा ३१, आन्ध्र प्रदेशमा २६, महाराष्ट्रमा १५, मध्य प्रदेशमा १३ जना चिकित्सकको मृत्यु भएको छ । साथै, आसाममा ३ र गोवा तथा हरियाणामा १–१ जना चिकित्सकको ज्यान गएको एसोशिएसनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय