भक्तपुरमा २१ हजारले लगाए भेरोसेल खोप
भक्तपुरमा अहिलेसम्म २१ हजार २ सय ६८ जनाले भेलेसेल खोपको दोस्रो मात्रा लगाएका छन्। शनिबारसम्ममा भक्तपुरका चारवटा नगरपालिकामा खोप लगाएको तथ्यांक हो यो।
भक्तपुरका चारवटा नगरपालिकामा जेठ ८ गते शनिबार ३ हजार ७ सय ४३ जनाले खोप लगाएका थिए। जसमा भक्तपुरमा १ हजार ८ सय ६७, सूर्यविनायकमा ८ सय २६, मध्यपुरमा ५ सय ६८ र चाँगुनारायणमा ४ सय ८२ जनाले खोप लगाएको भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए।
भक्तपुरका चारवटा नगरपालिकामा छुट्टाछुटै दिन खोप दिन सुरु गरिएको थियो। मध्यपुर थिमिमा जेठ २, सूर्यविनायकमा जेठ ४, चाँगुनारायणमा जेठ ५, भक्तपुरमा जेठ ६ गतेदेखि खोप लगाउन सुरु भएको थियो।
खोप दिने क्रम अझै जारी नै छ। भक्तपुर नगरमा १७ गतेसम्म खोप लगाइने छ। अन्तिम दुई दिन १८ र १९ गते सबैका लागि खोप लगाइनेछ। यसअघि वडाअनुसार खोप दिइएको थियो। त्यस्तै मध्यपुर र सूर्यविनायकले ११ गतेसम्म र चाँगुनारायणले १४ गतेसम्म खोप वितरण गर्नेछ।