निर्दयी कोरोना : सात दिनमै पाँच वरिष्ठ चिकित्सकको निधन

नेपालमा काेराेनाकाे दोस्रो लहर सुरू भएपछि सर्वसाधारणसहित स्वास्थ्यकर्मीको मृत्यु हुने संख्या बढ्दो छ।

पछिल्लो एक हप्तामा कोरोना संक्रमणबाट पाँच बरिष्ठ चिकित्सकको मृत्यु भएको छ।

जसमध्ये अधिंकास युवा चिकित्सक नै छन्।

आइतबार बिहान अर्थोपेडिक सर्जन डा. मुराद हुसेन निधन भएको हो ।

वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३३ बर्षीय हुसेनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

उनी वीरगञ्जको हेल्थ केयर लगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत थिए।

त्यस्तै किष्ट हस्पिटलमा कार्यरत आँखारोेग विशेषज्ञ प्रा.डा पूज्यश्री कार्की, अर्थोपेडिक डा. मुकेश चौधरीको केहि दिन अघि मात्रै संक्रमणका कारण निधन भएको थियो।

त्यस्तै, चर्चित ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. आइएल आचार्य र केशवराज भट्टराई पनि केही दिन अगाडी मात्रै संक्रमणबाट निधन भएको थियो।

संक्रमित स्वास्थ्यकर्मीलाई उपचार गर्नका लागि सरकारले छुट्टै अस्पतालको व्यवस्था गनुपर्ने नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजाल बताउँछन्।

‘कतिपय स्वास्थ्यकर्मीहरू आइसियु, भेन्टिलेटरको अभावमा मृत्यु भइरहेको छ। हामीले पटक–पटक सरकारलाई स्वास्थ्यकर्मीलाई उपचार गर्न छुट्टै अस्पतालको व्यवस्था गर्न अनुरोध गरेका छौं,’ डा. रिजालले भने, ‘स्वास्थ्यकर्मीको मृत्यु बढिरहेको छ। तर, सरकारले यसतर्फ ध्यान दिएको छैन।’

कोरोना महामारीमा फन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीमा मनोबल बढाउन सरकारले खासै काम नगरेको उनको भनाई छ।

‘स्वास्थ्यकर्मी संक्रमित हुनका साथ–साथै निधन हुने संख्या पनि बढिरहेको छ। यस्तै हुने हो भने भोली स्वास्थ्यकर्मीको अभाव हुन्छ। स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न बेलामा सरकारले सोच्नुपर्छ,’ डा. रिजाल भन्छन्।

हालसम्म कोरोना महामारीका कारण नेपालमा दजनौं चिकित्सकको निधन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय