नयाँ बिरामीले आफैं अक्सिजनको जोहो गरेर अस्पताल आउनू – बिपी प्रतिष्ठान

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्टमा समस्या आएका कारण कोरोनाका नयाँ बिरामीलाई भर्ना लिन नसक्ने भएको छ ।

प्रतिष्ठानले सुचना जारी गर्दै अक्सिजनमा प्लान्टमा प्राविधिक समस्याका कारण पर्याप्त अक्स्जिन उत्पादन हुन नसक्दा बिरामीको उपचारका लागि अक्सिजन उत्पादक कम्पनीबाट सिलिण्डर भरेर आपूर्ति गर्नुपर्ने बाध्यता आएको समेत जनाएको छ।

आफैं अक्सिजन सिलिण्डरको जोहो गरेर आउने बिरामीलाई भने भर्ना लिने प्रतिष्ठानले बताएको छ ।

प्रतिष्ठानका सह–प्रवक्ता चुरामणि पोखरेलले शनिबार सूचना जारी गर्दै प्रतिष्ठानमा रहेको असक्सजन प्लान्टमा प्राविधिक समस्या आएकोले अक्सिजनको अभावमा गम्भीर अवस्थाका नयाँ बिरामीको उपचार गर्न नसकिने अवस्था आएको उल्लेख गरेका छन् ।

अक्सिजन प्लान्टको हाल मर्मत भइरहेको र छिट्टै नै नयाँ बिरामीको भर्ना लिने प्रतिष्ठानले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय