दन्तचिकित्सकलाई कोभिड १९ र अनुहारमा लागेको चोटपटकको ब्यवस्थापन सम्बन्धी तालिम

हेल्थपोस्ट नेपाल

बिशेषज्ञ सेवाका रुपमा परिचित दाँत तथा मुख स्वास्थ्य त्यसैमा अनुहारमा लागेको चोटपटकको ब्यवस्थापन बिशिष्टिकृत सेवा भएकाले जिल्लास्थित स्वास्थ्यसंस्थाहरुमा आकाशको फल भैरहेको छ ।

मेडिकल कलेज बाहेक प्रादेशिक सदरमुकाममा रहेका अस्पतालमा समेत सेवाको पहुँज बिशेषज्ञ तथा उपकरणहरुको उपलब्धताका कारण आजसम्म पुग्न सकेको छैन ।

सरकारी अस्पतालहरुमा सेवाको महत्व जरुरत संझी स्वास्थ्य सेवा बिभागको उपचारात्मक सेवा महाशाखाले चितवनको भरतपुरमा ३ दिने ह्याण्डस अन तालिम संचालन गरेको छ ।

त्यसो त स्वास्थ्य संरचनाको तल्लो तहसम्म आम नागरिकमा दाँत तथा मुखरोगको रोकथाम तथा सरसफाईसम्बन्धी जागरुकता सिर्जना गरी रोग,जटिलता र धनजनको क्षती न्युनीकरण गर्न हरेक स्थानीय तहमा अभिमुखीकरण बिगत २ बर्षदेखी हुदै गरेकोे भएपनि यो तालिम पहिलो रहेको आँखा,नाक कान घाँटी र मुख स्वास्थ्य प्रमुख डा. प्रकाश बुढाथोकीले बताए।

देशभरका स्वास्थ्यसंस्थाबाट अनुहारमा लाग्ने चोटपटकको गुणस्तरीय प्राथमिक ब्यवस्थापन गर्न एकरुपता कायम गर्ने उदेश्यले संचालित उक्त कार्यक्रमको उदघाटन सत्रको अध्यक्षता,कार्यक्रमको उदेश्य तथा सहभागी र अतिथीहरुलाई स्वागत उपचारात्मक महाशाखाका आँखा,नाक कान,घाँटी र मुख स्वास्थ्य प्रमुख डा. प्रकाश बुढाथोकीले गरेका थिए।

प्रमुख अतिथी भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले यस्तो कठीन घडीमा पनि देशभरबाट सहभागी आएको देख्दा कार्यक्रमको महत्व र सहभागीको कामप्रतिको डेडिकेसन देखेर ह्दयदेखी खुशी ब्यक्त गर्दे प्राप्त भएको ज्ञान,सीप र क्षमता कार्यस्थलमा झल्काउनपर्ने बताए।

कार्यक्रमका बिशिष्ट अतिथी सिएमसी—डेण्टल कलेजका प्राचार्य डा. बिजय आचार्यले आफु त्यति लामो समय सरकारी सेवामा रहदा कुनै तालिम नपाएको तर हाल यस्ता तालिम हुदा नवचिकित्सकहरु भाग्यमानी रहेको बताए।

बिशेषज्ञ सेवाबाट दुरदराजका बासिन्दा पनि नजिकको स्वास्थ्यसंस्थाबाट लाभान्वित गराउन,बिरामीलाई स्टेबल गर्न र थप जटिलता रोकी देशभर गुणस्तरीय र एकरुपताको प्राथमिक ब्यवस्थापन गर्न तालिम संचालन गरिएको डा. बुढाथोकी बताउँछन्।

उद्घाटन सत्र रत्ननगर बकुलर अस्पतालकी डा. लक्ष्मी पाण्डेले संचालन गरेकी थिइन।

जनस्वास्थ्यका मापदण्डसहित संचालित उक्त कार्यशालामा भोजपुर,धनकुटा,केन्द्रिय कारागार, हेटौडा, भरतपुर, मध्यबिन्दु, स्याङजा, रसुवा, दमौली, चरिकोट, लुम्बिनी, दोलखा, नवलपुर, पोखरा, धनगढी, तौलिहवा,बकुलर,चौतारा तथा सेती अस्पतालबाट २९ जना डेण्टल सर्जनहरुको सहभागिता थियो।

दन्तचिकित्सकका लागी तालिम नै नहुने गरेको गुनासो गर्दे दन्तस्वास्थ्य क्षेत्रमा यो एकदम राम्रो, ब्यवहारिक र प्रशंसनीय तालिम भएको र आकस्मिक,मेडिको लेगल,आरसीटि,कृत्रिम दाँत,ईम्प्याक्सन जस्ता कार्यक्रमले पनि थप प्राथमिकता पाउनपर्नेमा
सबैको जोड छ।

३ दिने उक्त तालिमको समापन कार्यक्रममा शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले निरन्तर सम्पर्कमा रही कार्यस्थलमा परेका समस्याहरु जानकारी दिन र बिगतमा भएका,अबका बर्षमा शाखाले गर्नथालेका कार्यहरुको फेहरिस्त बताएका थिए ।

त्यस्तै समापनमा सहभागीका तर्फबाट चरिकोट अस्पतालका डा. सागर पोखरेल र स्याङजा अस्पतालकी डा. आज्ञा भुसालले अनुहारमा तथा दाँतमा लागेको चोटपटकको प्राथमिक ब्यवस्थापन गर्न सक्षम भएकाले अबका दिनमा एम्बुलेन्सबाटै वा एम्बुलेन्स खोजेर बिरामी प्रेषण गर्ने कार्यको अन्त हुने प्रतिबद्धता ब्यक्त गरिन ।

महामारीका बीच तालिम भएकाले साथै कोभिड १९,पीपीई,डनिङ र डफिङका बारेमा ज्ञान र अभ्यास गराईएकोले अब आफु संक्रमणबाट सुरक्षित रहनसक्ने तथा अस्पतालमा भएको कोभिड डयुटीमा खटिन प्रेरणा मिलेको बताइन ।

तालिमको प्रशिक्षण भौतिकरुपमा महाशाखाका डा. प्रकाश बुढाथोकी,भरतपुर अस्पतालका डा. सन्तोश कुमार यादब,एनडिएका डा कृष्ण प्रसाद रेग्मीले गर्नुभएको थियो भने भर्चुअलरुपमा न्याम्स वीर अस्पतालबाट प्रा.डा. बन्दना खनाल,डा किशोर भण्डारीले गर्नु भएको जानकारी डा. बुढाथोकीले दिए ।

 



One thought on “दन्तचिकित्सकलाई कोभिड १९ र अनुहारमा लागेको चोटपटकको ब्यवस्थापन सम्बन्धी तालिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *