अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको कोरोना संक्रमणबाट निधन
कोरोना संक्रमणबाट अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको निधन भएको छ।
उपचारको क्रममा नेपाल मेडिसिटी अस्पतालमा आइतबार बिहान निधन भएको प्रवक्ता तथा अर्थोपेडिक सर्जन डा. राज राणाले पुष्टि गरे। ।
उनका अनुसार ३३ बर्षिय डा. हुसेनलाई ४ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो।
१० दिनअघि उनलाई वीरगन्जस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना गरिएको थियो। त्यहाँ स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई ८ दिनअघि एयर लिफट गरेर मेडिसिटीमा ल्याएर उपचार थालिएको थियो।
‘मेडिसिटिको डाक्टर टोलीले वीरगन्जबाट एयर लिफ्ट गरेर ल्याइएका थियौं,’ डा. राणाले भने, ‘ यहाँ ल्याउदा नै उहाँलाई अक्सिजनको मात्रा धेरै चाहिएको थियो।’
डा. हुसेनलाई मेडिसिटि ल्याउँदा सिभियर कोभिड निमोनिया भइसकेको थियो।
‘भखरै पढाई सकेर केही देशको लागि केही गर्छु भन्ने उमेरमा निधन भयो। हामीले एउटा युवा चिकित्सक गुमायौं,’ डा. राणाले भने।
वीरगन्ज स्थायी घर भएका डा. मुरादले बंगलादेशबाट एमबीबीएस गरेका हुन।
उनी केही समयअघि मात्रै त्यहीबाट अर्थाेपेडिकमा एमएस गरेर फर्किएका थिए।
Kun college bata?