एकैदिन ८ हजार ८ सय ४८ संक्रमणमुक्त
पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३ लाख ८३ हजार ६ सय ८४ जनाले कोरोना जितिसकेका छन्।
नेपालमा शनिबार थप ८ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ।
यो सँगै संक्रमण हुने कुल संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ।
शनिबार १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा १ सय २९ जना कोरोना संक्रमणबाट निधन भएको छ।
मन्त्रालयको अनुसार संक्रमणबाट निधन हुने संख्या ६ हजार १ सय ५३ पुगेको छ।
शनिबार ८ सय ६६ जना क्वारेन्टाइनमा छन्।