स्वीट्जरल्याण्डले नेपाललाई दियो ४० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

हेल्थपोस्ट नेपाल

नेपाललाई कोरोना संकटसँग जुद्धन स्वीट्जरल्याण्डले स्वास्थ्य सामग्री सहयोग गरेको छ।

स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले ती सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन्।

स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख रयापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन ९० मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेका छन्।

स्वीट्जरल्याण्ड कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाल साथ—सहयोग गरिरहने राजदूत एलिजावेथ भोन क्यापेलरले बताइन।

‘यी अत्यावश्यक स्वास्थ्य सामग्रीले मानिसहरूको ज्यान बचाउँछ र महामारी नियन्त्रण गर्न र रोक्न नेपाल सरकारलाई थप सघाउ र्पुयाउनेछ,’ उनले भनिन्।

मन्त्रालयको अनुसार उक्त स्वास्थ्य साम्रगी ९४ करोड रुपैयाँ बराबरको रहेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *