वरिष्ठ पत्रकार आचार्यको निधन
वरिष्ठ पत्रकार माधव आचार्यको निधन भएको छ। नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्षसमेत रहेका आचार्यको ८० वर्षको उमेरमा शनिबार बिहान काठमाडौंमा निधन भएको हो।
उनी विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए।
लोकतान्त्रिक आन्दोलनहरूमासमेत सक्रिय भूमिका खेलेका आचार्य पछिल्लो समय ‘जीवनका गोरेटा’ भन्ने उपन्यास लेखिरहेका थिए।