सार्कमा कोरोना संक्रमणमुक्त हुने दरमा नेपाल सातौं स्थान

सार्क देशहरूमा कोरोना संक्रमणमुक्त हुने मुलुकमा नेपाल सातौं स्थानमा छ।

नेपालमा संक्रमितको संख्या बढ्दै गएको र संक्रमणमुक्त हुने संख्या पनि घट्दो नै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सार्कमा सबैभन्दा संक्रमणमुक्त माल्दिभ्समा छन्।

हालसम्म माल्दिभ्समा ६१ दशमलव संक्रमणमुक्त भएका छन्।

त्यसैगरी, नेपालमा कुल संक्रमित मध्ये ७४ दशमलव ६ प्रतिशत नेपालमा संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको तथ्यांक अनुुसार ५ लाख १ हजार १ सय ६ जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये कोरोनामुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको छ।

सार्कमा राष्ट्रमा कोरोना संक्रमणमुक्त हुने पहिलो स्थानमा बंगालादेश छ।

बंगालादेशमा ९२ दशमलव ६ प्रतिशत संक्रमित निको भएका छन्।

त्यसैगरी, क्रमश भुटानमा ९० दशमलव ६, पाकिस्तानमा ९० दशमलव ३, भारतमा ८६ दशमलव २, अफगानिस्थान ८६ दशमलव २ प्रतिशत र श्रींलकामा ८२ प्रतिशत संक्रमित निको भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय