यस्तो छ स्वास्थ्य संकटकाल लगाउने अध्यादेश [पूर्णपाठ]

हेल्थपोस्ट नेपाल

राष्ट्रपति विद्यादेवी भण्डारीले  जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश सार्वजनिक गरिएको छ।

अध्यादेशमा स्वास्थ्य आपतकाल घोषणा गर्नेदेखि कोभिडको युनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मका व्यवस्था छ।

अध्यादेशमा वीर अस्पताललाई केन्द्रीय कोभिड-१९ युनिफाइड अस्पतालका रुपमा राखिएको छ। केन्द्रीय अस्पताल स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने छ।

‘कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८’ जारी गर्दै सरकारले कोरोना संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा सोको रोकथाम, नियन्त्रण र निदानका लागि राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा कुनै स्थानमा स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने जनाएको छ।

स्वास्थ्य आपतकाल घोषणा भएको अवस्थामा स्वास्थ्य संस्थालाई संक्रमितको निदान र उपचारमा खटाउने र आवश्यकता अनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्न सकिने छ।

अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जारिवाना वा दुवै सजाय हुने छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *