नेपालमा कोरोना संक्रमणबाट ६ हजारको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर ८६०७ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयको अनुसार एन्टिजेन र पिसिआर परीक्षणमा ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी २२ हजार ३५३ पिसिआर परीक्षण गरिएको छ । ८७३ एन्टिजेन परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ५ लाख १ हजार १०६ जना पुगेको छ।

२४ घण्टामा ७८९० जना कोरोनामुक्त भएका छन्।

यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १७७ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ६०२४ पुगेको छ।

आज क्वारेन्टाइनमा ९ सय १२ जना संक्रमित छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *