बसुन्धरामा ८८ शैयाको ‘कोभिड आइसोलेशन तथा अक्सिजन थेरोपी सेन्टर सञ्चालनमा
उपप्रधानमन्त्री ईश्वर पोखरेलबाट बसुन्धरामा ८८ शैयाको ‘कोभिड आइसोलेशन तथा अक्सिजन थेरोपी सेन्टर’ को शुभारम्भ भएको छ।
मन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकतामा रहेको बताए।
‘हामी जिटूजी र बीटूबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेका छौं । जतिसुकै बजेट लागे पनि छिटो ल्याउन प्रयत्नशील छौं,’ उनले भने।
भारत सरकारले छिट्टै नेपाललाई लिक्वीड अक्सिजन प्लान्ट सहयोग गरेको उनले जानकारी दिए।
‘चीन सरकारले दिएको अक्सिजन सिलिण्डर पनि छिट्टै ल्याउँछौ । निजी क्षेत्रलाई पनि प्रोत्साहित गरिरहेका छौं,’ उनले भने, ‘ बिभिन्न देशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको र सहयोग आउने क्रम पनि जारी छ।’