एननएमएफको सहयोगमा अक्सिजन सहितको ८८ बेड सञ्चालनमा

हेल्थपोस्ट नेपाल

राधा स्वामी सत्संग व्यासमा नेपाल (सामाखुसी)मा कोरोना संक्रमितका लागि अक्सिजन थेरापी सहितको ८८ बेड सञ्चालनमा आएको छ।

कोरोना १९ संकट व्यवस्थापन केन्द्रको संयोजनमा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो।

काठमाडौं महानगरपालिका, नेपाल आर्मी, एननएमएफ र राधा स्वामीको सहयोग गरेको छ।

शुक्रबार बिहान उपप्रधानमन्त्री इश्र्वर पोखरलेले उद्घाटन गरेका छन्।

उक्त आइसोलेसनमा सेन्टरमा दुई सय बेड राख्ने तयारी रहेको छ।

जसमा एक सय बेड अक्सिजन सहितको हुनेछ।

आइसोलेसन सञ्चालनको लागिअमेरिका नेपाल मेडिकल फाउन्डेसन (एननएमएफ)ले अक्सिजनको सबै स्टिमको जिम्मा लिएको अध्यक्ष डा. भुपेन्द्र कुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार एननएमएफले हालसम्म अक्सिजनका ३६ लाख खर्च गरिसकेको छ।

काठमाडौं महानगरपालिकाले जनशक्ति तथा विरेन्द्र आर्मी अस्पतालले व्यवस्थापनको जिम्मेवारी लिएको छ।

१ देखि ५ लिटर सम्म अक्सिजन चाहिने संक्रमितको उपचार गरिने डा. बस्नेतले बताए।

कोभिड अस्पतालमा निको भइरहेका बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्ने उनीहरूको ठाउँमा अन्य गम्भीर बिरामी राख्न सकियोस भन्ने उदेश्य रहेको डा. बस्नेतले बताए।

‘यो आइसोलेसन सेन्टरमा धेरै समस्या नभएको बिरामी राखिन्छ,’ उनले भने, ‘ अस्पतालका बिरामी खाली गर्दा अन्य गम्भीर बिरामीले उपचार पाउँछन् नि।’

कोरोना रोकथामका लागि एननएमएफ विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *