अमेरिकाले नेपाललाई स्वास्थ्य समाग्री सहयोग गर्दै
अमेरिकाको सहयोगमा युएसएडले आवश्यक स्वास्थ्य सामग्री नेपालमा ल्याउने भएको छ।
कोरोना संक्रमण बढ्दै गएपडि यसको रोकथामका लागि सहयोगार्थ स्वास्थ्य समाग्री हवाइ माध्ययमबाट ल्याइने भएको हो।
अमेरिकाका सेक्रेटरी एन्टोनी ब्लिन्केनले नेपाललाई ५ करोड अमेरिकि डलर बराबरको मद्धत गर्न लागेका ट्विट जानकारी दिएका छन्।
तीन वटा जहाजमध्ये पहिलो जहाज काठमाडौंका लागि उडिसकेको छ। उक्त जहाज दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने समय तालिका छ।