आयुर्वेद काउन्सिलले भन्यो– कोरोना उपचारमा आयुर्वेद औषधिको दाबी नगर्नु

कोरोना उपचारमा आयुर्वेदिक औषधिहरूको भ्रामक प्रचार र दाबी नगर्ने आयुर्वेद चिकित्सा परिषद्ले अनुरोध गरेको छ।

परिषदले एक सूचना जारी गरी कोभिड–१९ को उपचारमा अनावश्यक दाबी गर्ने गरेको र आयुर्वेदीय औषधिहरुको भ्रामक प्रचार गरिएको पाइएकाले यस किसिमको अवाञ्छित गतिविधिहरु नगरिदिन आग्रह गरेको हो।

‘परिषदमा दर्ता नभएका अनधिकृत व्यक्तिहरुबाट आयुर्वेद तथा जडिबुटी विज्ञको रुपमा विभिन्न सामाजिक सञ्जालबाट अन्तर्वार्ता एवं प्रचार प्रसार गर्ने गरेको पाइएको छ,’ सूचनामा भनिएको छ,’ आयुर्वेदीय औषधिको भ्रामक प्रचार प्रसार नगर्न अनुरोध गरिन्छ।’

परिषदमा दर्ता भएका आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मी हरुले नेपालमा कोभिड–१९ को रोकथामका उपाय तथा व्यवस्थापनको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिकाको आधारमा मात्र विभिन्न लेख, भनाई अन्तर्वार्ता आदि मार्फत आफ्ना विचार प्रस्तुत गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय