नेपाल एपीएफ अस्पतालले माग्यो ठुलो संख्यामा कर्मचारी
नेपाल एपीएफ अस्पतालले केही कर्मचारीको लागि विज्ञापन आह्वान गरेको छ।
अस्पतालले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।
अस्पतालले एनेस्थेसियोलोजिष्ट, फिजिसियन, मेडिकल अफिसर, स्टाफ नर्स, बायोमेडिकल इक्युपमेन्ट टेक्निसियन तथा सरसफाईकर्मीको आवश्यक भएको जनाएको छ।
उक्त कर्मचारी एक बर्षका लागि करारमा लिने जनाएको छ।
अस्पतालले इच्छुक कर्मचारीलाई जेठ ९ सम्म आवेदन पेश गर्न आग्रह गरेको छ।