स्वास्थ्य मन्त्रालयले माग्यो कोरोनाको जोखिम भत्ता उपलब्ध गराउन अस्पतालसँग कर्मचारी विवरण

सरकारले कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको जोखिम भत्ता उपलब्ध गराउन सबै अस्पतालसँग विवरण माग गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन शव व्यवस्थापनमा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सफाइकर्मी र सुरक्षाकर्मीको विवरण पठाउन अनुरोध गरेको छ।

मन्त्रालयले मन्त्रिपरिषदको वैशाख १९ गतेको निर्णय अनुसार कोभिड उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई ६ महिनासम्म सुरु तलब स्केलेको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको हो।

मन्त्रालयले कर्मचारीको नाम, पद, कर्मचारी संकेत नम्बर, कोभिडमा खटिएका कर्मचारीको ड्यूटी रोष्टर, स्थायी लेखा नम्बर, बैंक खाता नम्बर र वैशाख महिनाको पेरोल विवरणमा उल्लेख गर्न भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय