राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला राती पनि खुल्ने

हेल्थपोस्ट नेपाल


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अब २४ घण्टै खुल्ला रहनेछ। प्रयोगशालाले रात्रीकालीन सेवा दिने कर्मचारीका लागि त्यहीँ बस्ने व्यवस्था गरेर परीक्षणको समय बढाएको छ।

प्रयोगशालाका निर्देशक रुना झाले १० जना कर्मचारीका लागि सुत्ने व्यवथा गरिएको बताइन्। ५ बेड पुरुष र ५ बेड महिलाका लागि व्यवस्था मिलाइएको छ।

विगतमा पनि यसरी नै सेवा दिएका थियौं। संक्रमण दर घटेसँगै बन्द गरेको सेवा फेरी आजबाट शुरु गरिएको छ, उनले भनिन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *