चिकित्सक बचाउने अभियानमा जुटे चिकित्सक

कोरोना संक्रमणका कारण चिकित्सकहरुको मृत्यु हुन थालेपछि चिकित्सकहरुको एक समूह आइसीयू तथा तथा भेन्टिलेटर उपचारको व्यवस्थापनमा सक्रिय भएको छ ।

चिकित्सकहरुले ‘नेप्लिज डक्टरर्स लाउन्ज (नेडोल) ’ नामक भर्चुअल टोली बनाई आइसीयू बेड र भेन्टिलेटरको जोहो गर्न लागेका हुन्।

दुई महिना अगाडि खोलिएको नेडोल फेसबुक पेजमा डाक्टरहरुले विभिन्न विषयमा छलफलसँगै हाल कहाँ कति बेड पाउन सकिन्छ भनेर खोजी पनि गर्ने गरेका छन्।

डा. विवेक सिहँ राठोरले एक सातादेखि चिकित्सक बचाउ अभियान सुरु गरिएको र उक्त अभियानमा ६० जना डाक्टर आबद्ध रहेको बताए।

‘अहिलेको अवस्था चिकित्सक बचाउनु धेरै जरुरी छ। चिकित्सक नै बचेनन् भने विरामी कसरी बचाउने। त्यसैले हामीले यो अभियान सुरु गरेका हौं,’ उनले भने।

चिकित्सकहरु तनावमा हुन्छन्। उनका परिवारलाई केही भए वा आफैलाई पनि संक्रमण भएको अवस्थामा काम गर्न नसक्ने हुनाले चिकित्सक तथा उनका परिवारलाई यो सुविधा दिन अभियान चलाएको उनले बताए।

नेडोलले आइसीयूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई यस अभियानमा जोडिन आग्रह गरेका छन्। हालसम्म पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र ह्याम्स अस्पतालका चिकित्सकहरु आबद्ध भइसकेका छन्।

विशेषगरी चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरु आवद्ध छन्, जसले हरेक दिन अस्पतालहरुमा आइसीयू बेड, भेन्टिलेटर तथा अक्सिजन बेडको अपडेट गर्ने र आवश्यक परेका चिकित्सक तथा उनका परिवारलाई उपलब्ध गराइदिने गर्दछन्।

अक्सिजन प्लान्ट, अस्पताल, एम्बुलेन्स, क्लिनिकहरुमा सम्पर्क गरेर हरेक दिन बेड तथा अक्सिजनको संख्या अपडेट गरिरहनेछन्।

को को छन् यो अभियानमा ?

यस अभियानमा आकाश जयसवाल, आस्था कटुवाल, अभिनास यादव, अजय यादव, अमर कुमार ओझा, अमिसा महतो, अंकित गुप्ता, अंकिता गुप्ता, अनुजा आचार्य, अर्चना गुप्ता, अभिषेक आनन्द मिश्र, वर्षा यादव, विवेक लाल, विकास शाह, विनिता कार्की, चन्दन शाह, धिरेन्द्र चौधरी, धिरेन्द्र यादव, दिव्या दास, जयभुषण झा, जेवा खातुन, कन्चन देवकोटा, किसन शाह, कृसा शाक्य, कृष्णकुमार साहनी आबद्ध छन्।

यस्तै, लक्ष्मी शाह, लेलिना अधिकारी, महिमा बन्जाडे, एमडि मजिद अलि, मोहम्मद शाहिद राजा, मुकेश कुमार बैथा, नवल किशोर शाह, नेहा दास, निरन्जन यादव, निसु शाह, ओम, प्रकृति लामिछाने, प्रशन्ना, प्रशंसा कार्की, प्रास्ना बस्नेत, प्रतिक्षा झा, प्रिजम थापा, प्रिन्स ठाकुर, रस्मिता शर्मा लिम्बु, रितु श्रेष्ठ, रिया पौडेल, रोशनी, सचिन शाह, सहर्श, सल्मान हाइदर, सन्ध्या विष्ट, स्मृति बराल, सुधिर केसी, सुजन आचार्य, सुजिता गौतम बर्तौला, सुनिता राणा, सुशान्त गौतम, सुस्मिता श्रेष्ठ, उद्धव खनाल र युवराज भट्ट आवद्ध छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय