कोभिसिल्डको दोस्रो डोज लगाउन विभागको निर्देशन
फागुन २३ भन्दा अगाडी कोभिसिल्ड लगाएकाहरूले दोस्रो डोज पाउने भएका छन्।
स्वास्थ्य सेवा विभागले फागुन २३ भन्दा अगाडी पहिलो प्राथमिकतामा परेका दोस्रो मात्रा लिन छुट भएका व्यक्तिहरूलाई खोप लगाउन निर्देशन दिएको छ।
कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिबाट छिटो निर्णय गरी उपयुक्त समय निर्धारण गरी खोप सेवा सञ्चालन गर्न निर्देशन दिएको हो।
बुधबार व्यवस्थापन महाशाखा टेकु, सातै वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यलयलाई पत्र लेख्दैं विभागले उक्त निर्देशन दिएको हो ।
५ जेठमै बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिष्टम (आईसीएस) को बैठकले विभिन्न प्रदेश तथा जिल्लामा मौज्दात रेहेको कोभिशिल्डको खोपको दोस्रो डोज कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने र २३ फागुनअघि पहिलो मात्रा लिएकालाई लगाउने निर्णय गरेको थियो।
विभागको अनुसार विभिन्न जिल्ला तथा कोभिसिल्ड खोप बाँकी रहेको जनाएको छ।