एकैदिन २ सय ४६ जनाको कोरोना संक्रमणबाट निधन
बुधबार कोरोना भाइरस संक्रमणबाट २ सय ४६ जनाको निधन भएको छ।
स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर मार्फत ८ हजार ६४ र एन्टीजेन मार्फत १०९ जना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयको हालसम्म नेपालमा ५ हजार ६५७ जना संक्रमितको मृत्यु भएको छ।
आज देशभर ७ हजार ९८९ जना संक्रमित निको भएका छन्।
देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा छन्।