सिसिएमसी खारेज गरी विज्ञ टोली गठन गर्ने हानको माग

हेल्थ असिस्टेन्ट संघ नेपाल (हान)ले कोभिड १९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) खारेज गर्न सरकार समक्ष माग राखेको छ।

हानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिडको महामारी नियन्त्रण गर्नका लागि सुझाव पेश गर्दै अहिलेको अवस्थामा सिसिएमसीको खारेज गर्नुपर्ने अवस्था आएको जनाएको छ।

तत्काल नै सिसिएमसीको जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिनुपर्ने हानको सुझाव छ।

‘कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालय भन्दा पनि माथिल्लो निकाय सरह सिसिएमसी स्थापनाले स्वास्थ्य मन्त्रालयको स्वतन्त्र जिम्मेवारीमा झनै वाधा गरेको छ,’ सुझाव पत्रमा भनिएको छ, ‘ जसको रेकर्डिङ रिर्पोटिङ, स्वास्थ्य समाग्री खरिद प्रकरण र वितरण, सेवा संचालन प्रकृतिमा एकले अर्कोको निर्देशन भन्दा धेरै बाहिर गएको देखिन्छ।’

त्यसैगरी, स्वास्थ्यकर्मीको मनोबल उच्च, छिटो कोभिड खोपको व्यवस्थापन, संक्रमितको पहिचान, एकीकृत स्वास्थ्य प्रणाली, उचित जनशक्तिको पूर्ति गर्नुपर्ने लगायतको माग गरेको छ।

स्वास्थ्यकर्मीको योग्यता अनुसारको सुविधा, जोखिम भत्ता, कोभिड बिमा र घरपरिवारको निशुल्क उपचारको लागि पनि आग्रह गरेको छ ।

नेपालमा कोरोना संक्रमण दर र मृत्यु दर विश्वमा नै उच्च भएकाले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गरेको संघले जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय