उत्तर प्रदेशका मन्त्रीको कोरोना संक्रमणबाट निधन

भारतको उत्तर प्रदेश सरकारका एक मन्त्रीको कोरोना संक्रमणबाट निधन भएको छ। मन्त्री विजय कश्यपको मंगलबार राति उपचारकै क्रममा मेदान्त हस्पिटलमा निधन भएको हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतासमेत रहेका उनको निधनमा दु:ख व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘भाजपा नेता तथा उत्तर प्रदेश सरकारका मन्त्री विजय कश्यपजी को निधनको खबरले दुखीत बनाएको छ।

उनी जमीनसँग जोडिएका नेता थिए र सधैं जनहितका काममा समर्पित रहन्थे। शोकको यस घडीमा म उनको परिवार तथा प्रशंसक प्रति समवेदना व्यक्त गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय