प्रा.डा. पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट निधन

हेल्थपोस्ट नेपाल

आँखारोेग विशेषज्ञ प्रा.डा पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ।

संक्रमण पुष्टि भएपछि डा. कार्कीको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो।

करिब १० दिनदेखि आइसियूमा उपचारत डा. कार्कीको आज बिहान निधन भएको हो।

उनी विगत एक दशकदेखि किष्ट मेडिकल कलेजमा आँखा रोग विभागको प्रमुखमा कार्यरत थिइन।

उनका पति मिलेस सिजापती पनि डाक्टर नै हुन् ।

उनीहरू दुवै किष्ट मेडिकल कलेजमा कार्यरत थिए।

डा. कार्कीले एमबिएस नेपाल मेडिकल कलेजबाट गरेकी थिइन। विपि विज्ञान राष्ट्रिय प्रतिष्ठान ( धरान) बाट आँखामा एमडी गरेकी थिइन।

तिलगंगा अस्पताल तथा अमेरिकाबाट पनि उनले फेलोसिप गरेकी थिइन।



Leave a Reply

Your email address will not be published. Required fields are marked *