यमनबाट डा. केसीको सन्देश ‘म यतिबेला नेपालमै हुनुपर्ने थियो’
हाल द्धन्द्धग्रस्त यमनमा स्वयम्सेवा गरिरहेका अभियन्ता डा. गोविन्द केसीले हेल्थपोस्टलाई लेखेको इमेल सन्देश जस्ताको तस्तैः
म हालसाल नेपालमा नभएको सार्वजनिक गर्न इच्छुक थिइन किनकी म नभएको मौका छोपेर माफिया, डन, ओली र उनका आसेपासेहरुले गलत निर्णय गर्न सक्छन् वा हाम्रा अहिलेसम्मका उपलब्धीहरु उल्ट्याउन सक्छन्।
म अहिले एक महिनायता गृहयुद्धले ध्वस्त अरबी मुलुक यमनको दुगर्म गाउँमा स्वयम्सेवा गरिरहेका छु।
एक साता मात्रै भयो, नेपालमा कोरोना महामारीको दोस्रो लहरले विनाश मच्चाइरहेको खबर पाएको। म एकदमै दुःखी छु। म चाहन्छुु म यतिबेला नेपालमै हुनुपर्ने थियो।
नेपालको यस्तो अवस्था थाहा पाउनेवित्तिकै फर्कने निर्णय पनि गरेको हुँ। यस्तो संकटमा नेपालमै रहेर केही न केही गर्ने चाहन्थें।
तर, दुभाग्र्यवश नेपाल जाने फ्लाइट नै नभेटिने अवस्था भयो, यमनमा पनि लामो समयदेखि हवाई सम्पर्क छैन।
म यमनमा रहे पनि मेरो मन नेपालमै छ। म चाहन्छु, आशा गर्छु र विश्वस्त छु कि हामी नेपालीहरु अत्यन्त साहसपूर्वक कोभिड परास्त गर्न सक्षम हुनेछौं।
उडान सम्भव हुनेवित्तिकै म नेपाल आइहाल्छु।
यो पनि