एकैदिन १ सय ९६ जनाको कोरोना संक्रमणबाट निधन

पछिल्लो २४ घन्टा ८ हजार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार २०३ जनालाई संक्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ।

मन्त्रालयको तथ्यांक अनुसार यो अवधिमा १ सय ९६ जनाको संक्रमणबाट निधन भएको छ। हालसम्म नेपालमा ५ हजार ४११ जना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ पुगेको छ।

आज देशभर ६ हजार ८९१ जना संक्रमित निको भएका छन्।  मन्त्रालयको तथ्यांक अनुसार ३ लाख ५२ हजार ४ सय १४ संक्रमित निको भएका छन्।

देशभर ७५२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

One thought on “एकैदिन १ सय ९६ जनाको कोरोना संक्रमणबाट निधन

  1. Marxan ta. USA/UK / WHO ley Nepali ko life expectancy nai 70 yrs xa vhanxan. Ava 70 Mai Marnu paro. Uta 78/80 yrs ma marchan. Bagwan haru ley 70yrs ma marchan vhanesi Marnai paro

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय