चिकित्सकले अब एउटै संस्थामा काम गर्नुपर्ने

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ अवधिभर ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ लागु गर्ने भएको छ।

मंगलबार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिष्टम (आईसीएस) को बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयले कोभिड अवधिमा एक चिकित्सकले एउटा संस्थामा मात्र काम गर्न पाउने निर्णय गरेको हो।

कोभिड–१९ को दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयले लामो समयदेखि एक चिकित्सक एक स्वास्थ्य संस्थाको नीति लागू गर्ने बताउँदै आइरहेको छ।

तर हालसम्म पनि कार्यान्वयनमा भने आउन सकेको छैन।

यसअघि सरकारी चिकित्सकले मन्त्रालयसँग अनुमति लिएर कार्यालयबाहेकको समयमा प्राइभेट अस्पतालमा समेत काम गर्न पाउँने व्यवस्था थियो।

अहिले सरकारीतर्फकै कतिपय प्रतिष्ठान, समुदायस्तरका केही संस्थाले एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था लागू गरिसकेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *