विराट शिक्षण अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट (भिडियो)

विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि एक समूहले कुटपिट गरेको छ ।

आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो ।

सोमबार राति आकस्मिक कक्षमा कार्यरत उनीहरू माथि चारजनाको समूहले कुटपिट गरेको हो।

सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला कुटपिट भएको अस्पतालका चिकित्सक डा. सुदीप रेग्मीले बताए।

बूढीगंगा-२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठको पेट दुखेपछि भर्ना भएकी थिइन् ।

गोमादेवीको उपचारमा ढिलाइ गरेको भन्दै उनीहरूले आकस्मिक कक्षमा छिरेर चिकित्सक माथि आक्रमण गरेका थिए।

आक्रमणबाट डा‌. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

मोरङ प्रहरीले आक्रमण गर्ने दुई जनालाई पक्राउ गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय