भारतीय चिकित्सक संघका पूर्व अध्यक्ष डा. कृष्ण कुमार अग्रवालको निधन
कोरोना संक्रमणबाट भारतीय चिकित्सक संघका पूर्वअध्यक्ष तथा ‘पद्म श्री’ पुरस्कारबाट सम्मानित डाक्टर कृषन कुमार अग्रवालको निधन भएको छ।
उनको निधनमा नेपाल चिकित्सक संघले विज्ञप्ती जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ।
६२ वर्षीय अग्रवालको सोमबार राति साढे ११ बजे निधन भएको थियो।
उनी विगत एक हप्तादेखि नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए।
डा अग्रवालले आफ्नो पूरा जिन्दगी जनस्वास्थ्य सुधार तथा मानिसहरुलाई सूसुचित गर्नमा व्यतित गरेका थिए।
Rest in Peace Dr. Agrawal! Your contribution to mankind shall always be remembered!