हाडजोर्नी विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणबाट निधन

कोरोना संक्रमणबाट अर्थोपेडिक डा. मुकेश चौधरीको मृत्यु भएको छ।

उनको विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले पुष्टि गरे।

सिरहाको लहान घर भएका उनी कोरोना देखिएसँगै ९ दिनदेखि होम आइसोलेसनमा थिए।

स्वास्थ्य जटिल बनेपछि उनलाई थप उपचारको लागि नोबेल अस्पताल भर्ना गरिएको थियो। साेमबार बेलुकी उनकाे मृत्यु भएको हाे।

३५ वर्षीय चौधरी लहानको डाइग्नोस्टिक सेन्टरका संचालक समेत हुन्। उनी सेवा गर्दा गर्दै संक्रमित भएका थिए।

केही दिन यता कोरोना संक्रमणबाट मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या बढिरहेको छ।

जेठ २ मा चर्चित ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. आइएल आचार्यको कोरोना संक्रमणपछि उत्पन्न जटिलताबाट निधन भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय