पर्सामा चिकित्सकसहित ६६ जना कर्मचारी माग

स्वास्थ्य कार्यालय र नारायणी अस्पताल विकास समितिले ६६ जना चिकित्सक सहितका स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीको माग गरेका छन ।

अस्पताल विकास समितिले मेडिकल अधिकृत ५ जना, स्टाफ नर्स २० जना र अक्सिजन सिलिण्डर पोर्टर ९ जना माग गरेको हो ।

चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने कार्यविधि २०७६ को अधिनमा रही कोभिड विरामीको उपचारका लागि चिकित्सक एवं स्वास्थ्यकर्मीको माग गरिएको सूचनामा उल्लेख छ।

कोभिड–१९ संक्रमितको उपचार तथा पीसीआर ल्याबमा काम गरेको अनुभवीलाई प्राथमिकता दिनेगरी ३ महिनाको करार सेवाक लागि कर्मचारी माग हो।

नारायणी अस्पतालका लागि कन्सल्टेन्ट एनेस्थेसिया १ जना, मेडिकल अधिकृत ५ जना, स्टाफ नर्स र पारामेडिक्स ८ जना, एनेस्थिेसिया असिस्टेन्ट १ जना, ल्याब टेक्नोलोजिष्ट र ल्याब असिस्टेन्ट १÷१ जना र स्वीपर २ जना माग गरिएको छ ।

यस्तै पोखरिया अस्पतालका लागि मेडिकल अधिकृत डाक्टर २ जना, स्टाफ नर्स ६ जना, रेडियोग्राफर, एनेस्थेसिया असिस्टेन्ट, ल्याब असिस्टेन्ट १÷१ जना र स्वीपर २ जना माग गरेको छ।

सूचनामा तीन दिन भित्र आवेदन दिइसक्नुपर्ने जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय