जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको कोरोना संक्रमणबाट निधन
जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको निधन भएको छ।
श्रेष्ठको कोरोना संक्रमणबाट ६५ वर्षको उमेरमा मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिपछि श्रेष्ठ बलम्बुस्थित एपिएफ अस्पतालमा उपचाररत थिए।
सोमबार उपचारका क्रममा उनको निधन भएको हो।
श्रेष्ठलाई २ साताअघि कोरोना पोजिटिभ देखिएको थियो।
अस्पताल भर्ना भएको एक सातापछि अवस्था थप जटिल बन्दै गएका कारण आइसीयू र त्यसपछि भेन्टिलेटरमा राख्नु पर्ने अवस्था आएको थियो।