काठमाडौंका यी अस्पतालमा खाली छन् २२१ आइसियू सहित ६९ भेन्टिलेटर (सूची सहित)

हेल्थपोस्ट नेपाल
फाइल फोटो

कोरोना संक्रमित बिरामीले अस्पतालमा बेड नपाएको गुनासो गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ठूलो संख्यामा बेड खाली रहेको जनाएको छ।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा सोमबारसम्म १०४० बेड खाली रहेको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमितको उपचार गरिने काठमाडौं उपत्यकाका १९ अस्पलातमा आइसोलेसन, आईसीयू र भेन्टिलेटर खाली रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ।

उक्त तथ्यांक अनुसार उपत्यकाका सबै अस्पतालका कुल २३८६ वटा आइसोलेसन बेड छन्।

जसमध्ये हाल १६३६ जनामात्रै बिरामीहरु आइसोलेसनमा छन। उपत्यकाका अस्पतालहरुमा ७५० वटा आइसोलेसन बेड खाली नै छन्।

त्यसैगरी, उपत्यकामा ४ सय ६४ आईसीयू बेड रहेकोमा २ सय ४३ जना बिरामी छन्।

मन्त्रालयको अनुसार काठमाडौं उपत्यकामा अझै २२१ आइसियू बेड खाली नै छन्।

भेन्टिलेटरमा १ सय ३३ जनाको उपचार भइरहेको छ। यी अस्पतालमा २ सय २ भेन्टिलेटर छन्।

अझै, ७९ वटा भेन्टिलेटर खाली भएको मन्त्रालयको तथ्यांकले देखाउँछ।

यसरी आइसीयू, आइसोलेसन बेड र भेन्टिलेटर सहित कुल ३०५२ वटा बेडको क्षमता रहेका अस्पतालहरुमा कुल २०१२ जना बिरामी मात्रै राखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म होम आइसोलेसनमा देशभर एक लाख ६ हजार ५१० जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा ६ हजार ९७० जना, आईसीयूमा १२५९ जना र भेन्टिलेटरमा ४०० जना बिरामी रहेको मन्त्रालयले जनाएको छ ।

कहाँ कति बेड खाली (सूचीसहित)

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *