सोमबार ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि, २१४ को निधन

पछिल्लो २४ घन्टामा ९ हजार २४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६५३ पिसिआर र ४३४ एन्टीजेन मार्फत नमुना परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ।

सोमबार देशभर ५ हजार ७६७ जना व्यक्ति निको भएका छन्।

हालसम्म तीन लाख ४५ हजार ५२३ जना संक्रमित निको भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २१४ जना संक्रमितको निधन भएको छ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५ हजार २१५ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ५ हजार ७६७ जना संक्रमित निको भएका छन्।

देशभर आज ७०८ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय